अन्तर्वार्ता

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन



पाटन (ललितपुर), ६ वैशाखः ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले ७५औँ जन्मदिनका अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गर्ने भएको छ । वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरबार क्षेत्रमा परम्परागत शैलीमा बाजागाजासहित स्वागत गरिने १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभएको हो । “नेवारी परम्परानुसार जन्मदिनको सगुन प्रदान गरिनेछ, कलाकार समितिले ‘ललितरत्न’ उपाधिसहित सम्मानपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ, यस कार्यक्रममा ललितपुर तयारी पोशाक व्यापार सङ्घ, वाद्य शिरोमणि घराना, आरबी डायमन्ड ज्वेलरी, पाटन पर्यटन विकास संस्था, ज्योति म्युजिक, यल नेवाः समाज, मुनासः, शाक्य बज्राचार्य समाज, ताम्रकार समाज, ललितपुर हस्तकला सङ्घ, प्लेइग फर चैन्ज, डिलाइट स्कुल, नेपाल भाषा मंका खलः यल, मङ्गल टोल सुधार सङ्घ, थ्रीस्टार क्लब, ललितपुर उद्योग वाणिज्य सङ्घ, ललितपुर सुनचॉदी व्यवसायी सङ्घ, स्यस्यः समाज, प्रोजेक्ट बाजा नेपाल, भुल्खु टोल सुधार समितिलगायत २० भन्दा बढी सङ्घसंस्थाले सम्मानपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा श्रेष्ठका अभिन्न ब्यक्तित्वहरूका साथमा संवाद गरिनुका साथै वरिष्ठ कलाकार श्रेष्ठका लोकप्रिय गीतहरू प्रस्तुत गरिने जानकारी वडा नं. १६ कलाकार समितिका संयोजक एवम् कार्यक्रमका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो । साँझको ५ः०० बजे पाटन दरबारमा स्वागत गरी कात्तिक डबलीमा आयोजना हुने सम्मान समारोहमा लोकप्रिय गायक, गायिकाहरूले मदनकृष्ण श्रेष्ठका गीत प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको बज्राचार्यले जानकारी दिनुभयो ।

पाँच वर्षदेखि निरन्तर कला क्षेत्रमा समर्पित भई विभिन्न कार्यक्रम आयोजना गर्दै आएको १६ वडा कलाकार समितिले यसअघि वरिष्ठ शास्त्रीय सङ्गीतज्ञ मोहनप्रसाद जोशी तथा वरिष्ठ कलाकार रत्न बेहोसीलाई ललितरत्न उपाधि प्रदान गरी सम्मान गरिसकेको छ । संयोजक बज्राचार्यका अनुसार सम्मान तथा नागरिक अभिनन्दन एवं सांस्कृतिक साङ्गीतिक कार्यक्रम साँझ हुँदैछ भने बिहान ९ः०० बजेदेखि वरिष्ठ कलाकार श्रेष्ठको जन्मदिनको अवसरमा पाटन दरबार क्षेत्र, महारानी पोखरी परिसरमा रक्तदान कार्यक्रमको आयोजना हुनेछ ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६