शिक्षा

‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’



महेन्द्रनगर (धनुषा), ७ वैशाखः

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूपको ११७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री तिवारीले गुणस्तरीय शिक्षाले मात्रै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै विद्यालयस्तरबाटै अनुशासन, नैतिक शिक्षा र सीपमूलक ज्ञानको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले मधेस प्रदेश सरकारले शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति तथा पूर्वाधार विकासमा प्राथमिकता दिएको जानकारी गराउनुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चेतकुमार पोखरेलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरूलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो । त्यस्तै, विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विद्यालयको विगत, वर्तमान अवस्था र आगामी योजनाबारे प्रकाश पार्दै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर अझ उकास्न आवश्यक सहयोगका लागि स्थानीय तह, अभिभावक तथा सम्बन्धित निकायसँग सहकार्यको अपेक्षा गर्नुभयो । सो अवसरमा कक्षा १२ विज्ञान समूहमा अध्ययनरत मेधावी तथा समावेशी छात्रछात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले १० विद्यार्थीलाई जनही रु १० हजार नगदसहित छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६