शिक्षा

रोशनलाई अग्रज खेल पत्रकारिता सम्मान



काठमाडौँ, १३ वैशाखः

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ‘अग्रज खेल पत्रकारिता सम्मान’ बाट यस वर्ष वरिष्ठ खेलकुद पत्रकार रोशनसिंह राउत तथा ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार-२०८३’ बाट नायक पौडेल पुरस्कृत हुनुभएको छ । मञ्चको २१औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गर्नुभयो । अग्रज सम्मान पाउनुभएका राउतले सम्मानपत्रसहित रु ३५ हजार र नायकले ल्यापटप पुरस्कार प्राप्त गर्नुभएको हो । हाल लोकान्तर अनलाइनमा कार्यरत खेल पत्रकार राउतले करिब तीन दशकदेखि खेलकुद पत्रकारिता गर्दै आउनुभएको छ । सो क्रममा उहाँले श्री सगरमाथा र एभरेष्ट हेराल्ड हुँदै रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, स्पेस टाइम्समा काम गर्नुभएको थियो । त्यस्तै अन्नपूर्ण पोस्टमा उहाँले दुई दशक खेलकुद ब्यूरो प्रमुखका रूपमा काम गर्नुभएको थियो । रोशनले पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । सम्मान प्राप्त गरेपछि राउतले भन्नुभयो, “मैले विभिन्न ठाउँबाट सम्मान पाएको छु । तर यो सम्मान मेरो लागि विशेष छ । किनकि यो मैले आफ्नै परिवारबाट पाएको हुँ ।” यसैगरी सुमन भोम्जन युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत युवा पत्रकार नायक द राइजिङ नेपाल हुँदै द काठमाण्डु पोष्ट दैनिकमा काम गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारणसभाको सफलताको कामना गर्नुभयो । —

प्रकाशित : १३ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६