पर्यटन

तीन प्रदेशका गाउँको पर्यटन प्रवर्द्धन गरिँदै



काठमाडौँ, २५ वैशाख

तीन प्रदेशका गाउँको पर्यटन प्रवर्द्धनमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च जुटेको छ । मञ्चले हालै मधेस प्रदेशको पर्सास्थित सुवर्णपुर, बागमती प्रदेशको चितवनस्थित माडी र गण्डकी प्रदेशको तनहुँस्थित बन्दीपुर गाउँको पर्यटन प्रवर्द्धन गरेको हो । मञ्चका अध्यक्ष हरिशरण थपलियाले नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासका लागि पर्यटकीय सम्भावना भएका गाउँको पर्यटन प्रवर्द्धनको काम थालिएको बताउनुभयो । पर्साको ठोरी गाउँपालिकाको सुवर्णपुरस्थित ‘सुवर्णपुर सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास)’, चितवनको माडीमा घरबास र तनहुँको बन्दीपुरस्थित होमस्टेको अध्ययन र पर्यटन विकासको चुनौतीबारे छलफल पनि गरिएको उहाँको भनाइ छ । गाउँ पर्यटनको विकासको क्षेत्रमा विंस २०५३ देखि काम गर्दै आएको मञ्चले हाल देशभरका सातै प्रदेशका करिब ५० वटा गाउँको ग्रामीण पर्यटन प्रवर्द्धन गरिसकेको छ । गाउँमा उत्पादित रैथाने खानाको प्रवर्द्धन, परम्परागत संस्कृतिको जर्गेना र स्थानीय स्तरको रहनसहन भेषभुसाले पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा भिटोफले गरेको छ । अध्यक्ष थपलियाले यस्ता भ्रमणले ग्रामीण पर्यटनको नयाँ गन्तव्य पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । —

प्रकाशित : २५ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६