खेलकुद

गण्डकी स्पोर्टस् क्लबको अध्यक्षमा मुल्मी



गण्डकी, २६ वैशाखः गण्डकी स्पोर्टस् क्लबको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले दीपकराज मुल्मीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।दुईवर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिलन पुन, प्रथम उपाध्यक्षमा इनोज रञ्जित, द्वितीय उपाध्यक्षमा द्रव्यजङ्ग राणा, सचिवमा चेतनाथ चालिसे, सहसचिवमा बिक्की गुरुङ, कोषाध्यक्षमा विकास बिजुक्छेँ र सहकोषाध्यक्षमा सुजन गुरुङ (रेयस) रहनुभएको छ ।कार्यसमितिका सदस्यहरूमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (इमान), दमनजङ्ग राणा, नवीन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, वासु जिसी र राजेश श्रेष्ठ रहनुुभएको छ । साधारणसभाले सहसचिव चेतनाथ चालिसेले प्रस्तुत गर्नुुभएको साङ्गठनिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष विनोद गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।अधिवेशनको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतीमान शाक्यले उद्घाटन गर्नुभएको थियो । खेलकुद क्षेत्रको विकास राज्यको प्राथमिकतामा पर्नुुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०५३ मा पोखरामा स्थापना भएको गण्डकी स्पोर्टस् क्लबले फुटबल, भलिबल, क्रिकेटलगायत खेल सञ्चालन गर्दै आएको छ

प्रकाशित : २७ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६