राजविराज (सप्तरी), १६ जेठः राजविराजमा सञ्चालित मधेस प्रदेशस्तरीय यु–१९ तथा सिनियर महिला छनोट टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सप्तरीले सर्लाहीलाई पराजित गरेको छ ।सप्तरी क्रिकेट सङ्घको आयोजनामा राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सप्तरीले सर्लाहीलाई नौ विकेटले पराजित गरेको हो । वर्षाका कारण खेल ढिलो सुरु भएपछि १० ओभरमा सीमित गरिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको सर्लाहीले सात विकेट गुमाउँदै ३३ रन बनायो । सर्लाहीका लागि समृद्धि भुजेलले सर्वाधिक १८ रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । बलिङतर्फ सप्तरीकी सुस्मिता यादवले तीन, साक्षी यादवले दुई तथा अपेक्षा यादव र बन्दना रजकले एक–एक विकेट लिइन् । चौतीस रनको सामान्य लक्ष्य सप्तरीले एक विकेट गुमाएर पूरा गर्यो । सप्तरीका लागि जेनिसा मगरले अविजित ११ र साक्षी यादवले अविजित नौ रनको योगदान दिइन् । सुस्मिता यादवले आठ रन बनाइन् । उत्कृष्ट खेल प्रदर्शन गरेकी सुस्मिता यादव ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।
१७ जेष्ठ २०८३, आइतबार









प्रतिक्रिया