अर्थ-वाणिज्य

बाँसुरी बाजा प्रतियोगिताको ट्रफी देवीस्थानले उचाल्यो



भक्तपुर, १७ जेठः उपत्यकाव्यापी परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता २०८३ को ट्रफी बालाजुस्थित देवीस्थान बाँसुरी खलले उचालेको छ । उसले प्रथम हुँदै रु २५ हजार प्राप्त गरेको छ ।चाँगुनारायण नगरपालिका–९ ताथली फैढोकामा आयोजना गरेको प्रतियोगितामा उपत्यकाका विभिन्न क्षेत्रबाट आएका १३ टोलीका ३०० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो । स्थानीय मौलिक संस्कृति, परम्परागत बाँसुरी बाजा तथा साङ्गीतिक सम्पदाको संरक्षण, सवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा चन्द्रागिरिस्थित झिगु नेवाः बाँसुरी खलले द्वितीय हुँदै रु २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।त्यस्तै ताथलीस्थित खगां दाफा भजन खलले तृतीय हुँदै रु १० हजार, ट्रफी र प्रमाणपत्र तथा सरस्वती खेलस्थित ससु माजु बाँसुरी खलले सान्त्वनासहित रु पाँच हजार र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तिम चरणसम्म पुगेर निर्णायकको छनोटमा पर्न सफल काठमाडौँको न्युरोडस्थित पाको पुखध्या मानन्धर खललाई प्रोत्साहनस्वरूप रु दुई हजार ५०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो । बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले आज सम्पन्न कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले प्रतियोगितामा भक्तपुर, काठमाडौँ, चन्द्रागिरि, गोकर्णेश्वर, बालाजु, सूर्यविनायकलगायत क्षेत्रका बाँसुरी बाजा टोलीहरूले आफ्नो कला, सीप र साङ्गीतिक परम्पराको उत्कृष्ट प्रस्तुति प्रदर्शन गरेको बताउनुभयो ।

प्रकाशित : १८ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६