कर्णाली

प्रथम मेयरकप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई



कर्णाली, २१ जेठः कर्णाली प्रदेशस्तरीय ‘प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८३’ को उपाधि सुर्खेतले जितेको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रङ्गशालामा आज सम्पन्न प्रतियोगिताको फाइनलमा सुर्खेतले जुम्लालाई २–० गोलअन्तरले पराजित गरेको हो । विजेतालाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्रफीसहित रु चार लाख पुरस्कार प्रदान गरिन । त्यस्तै, उपविजेता टोली जुम्लाले रु दुई लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी जुम्लाका धर्मेन्द्र कुँवर, सर्वाधिक गोलकर्ता सुर्खेतका धनसिंह विक, उत्कृष्ट गोलरक्षक सुपबहादुर शाही, उत्कृष्ट डिफेन्डर दिवस बिसी, उत्कृष्ट मिडफिल्डर सुदीप गुरुङ र उत्कृष्ट प्रशिक्षक गणेश खड्कालाई जनही रु १५ हजार प्रदान गरियो ।यही जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा १० जिल्लाका १३ स्थानीय तहका खेलाडीको सहभागिता थियो । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक तथा जिल्ला फुटबल सङ्घ सुर्खेतको प्राविधिक सहयोग र कर्णाली प्रदेश फुटबल सङ्घको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रकाशित : २२ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६