भारत (गोवा), २३ जेठः साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल्ने क्रमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य विमला विकको नाकको हड्डीको शल्यक्रिया सम्पन्न भएको छ ।भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रङ्गशालामा भएको सेमिफाइनल खेलमा दुई नेपाली खेलाडी ठोक्किँदा विमलाको नाकको हड्डी भाँच्चिएको थियो । सेमिफाइनलमा विमला र नेपालकै अर्की खेलाडी समीक्षा घिमिरे एकापसमा ठोक्किन पुगेका थिए । उनको आज गोवास्थित मणिपाल अस्पतालमा शल्यक्रिया गरिएको एन्फा प्रवक्ता तथा टोलीका व्यवस्थापक सुरेश शाहले बताउनुभयो । उहाँले उपचारका लागि करिब थप एक साता गोवामै बस्नुपर्ने बताउनुभयो ।साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा बङ्गलादेशसँग नेपाल २–१ गोलअन्तरले पारजित भएको थियो । साफ च्याम्पियनसिपमा नेपाल १० वर्षपछि सेमिफाइनलमा पुग्नबाट वञ्चित बनेको हो । त्यसअघि सन् २०१६ मा नेपाल भारतसँग पराजित हँुदै सेमिफाइनलबाट बाहिरिएको थियो ।
२४ जेष्ठ २०८३, आइतबार









प्रतिक्रिया