अर्थ-वाणिज्य

पटनाका दुग्ध उत्पादक किसान चितवनमा



चितवन, १५ असार

भारतको पटनाका दुग्ध उत्पादक किसानको समूह यहाँको दुग्धजन्य वस्तु उत्पादन र बिक्री वितरणको बारेमा अध्ययन गर्न आएको छ । चितवनमा दूध उत्पादनको अवस्था र दुग्धजन्य वस्तुको उत्पादन तथा खपतको बारेमा जानकारी लिन त्यहाँको सुधा डेरीका डेरीका अध्यक्ष सञ्जय कुमारको नेतृत्वमा दुग्ध उत्पादक किसान समूह नेपाल आएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालले चितवनमा दुग्ध उत्पादनका क्षेत्रमा भएका असल अभ्यास र बजारीकरणका बारेमा टोलीलाई जानकारी गराउनुभयो । चितवनमा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँको दूधको स्थानीय बजारसँगै पोखरा, काठमाडौँ लगायतका सहरमा पठाइने गरेको छ । कतिपय दुग्ध उत्पादक किसानले बिक्री गरेको दूधको अझै भुक्तानी पाउन नसकेको तथा भोग्न परेका समस्याका बारेमा जानकारी गराएको थियो । टोलीले यहाँस्थित दुई वटा डेरी उद्योग, सङ्घले सञ्चालन गरेको डेरीमार्ट लगायतका स्थानको अध्ययन अवलोकनसमेत गरेको छ । सो अवसरमा कुमारले चितवनमा व्यवस्थित तबरले दूध उत्पादन र बिक्री वितरण गरेको भन्दै प्रशंसा गर्नुभयो । नेपालमा दुग्ध पदार्थको व्यवस्थित विवरणले आमउपभोक्ताको अधिकार सुनिश्चित गर्न सहज भएको उहाँले बताउनुभयो । गाई पकेट क्षेत्रका लागि सामग्री हस्तान्तरण यहाँको रत्ननगर नगरपालिकालाई गाईको पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । पशु सेवा कार्यालय चितवनले एक जिल्ला एक विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिकालाई गाईको पकेट क्षेत्रको रुपमा विकास गर्न आवश्यक सामग्री हस्तान्तरण गरेको हो । कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरेको छ । कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार पालिकाको वडा नम्बर १०, ११, १४, १५ र १६ मा रहेका ११ वटा पशुपन्छी फर्म तथा दुग्ध उत्पादक सहकारी संस्थामार्फत आवश्यक सामग्री वितरण गरिएको हो । गाईपालनका लागि गोठ निर्माणदेखि काउ म्याट, दूध बोक्ने क्यान, घाँस काट्ने च्याफकटर, अटो ड्रिङ्कर, मोटर, ठेला गाडा, मिल्क एनलाइजर जस्ता १२ प्रकारका सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । कार्यालयको रु ३५ लाखको लागतमा ती सामग्री खरिद गरी हस्तान्तरण गरेको हो । सो अवसरमा नगरपालिका प्रमुख प्रलाद सापकोटाले दुग्ध उत्पादक किसानलाई स्वरोजगार बनाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।

प्रकाशित : १५ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६