अन्तर्राष्ट्रिय

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट



काठमाडौँ, १७ असार

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री यादवले नेपाल र युएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सो अवसरमा युएई राजदूत शाम्सीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको जानकारी दिनुभएको थियो । सो विषयमा मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको भएको थियो ।

प्रकाशित : १७ असार २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६