अन्तर्राष्ट्रिय

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट



जेरुसेलम, १२ कात्तिक (रासस/एएनआई)
इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । विपक्षी दलहरूले ६७ सिट पाए पनि उनीहरूबीचको विभाजनले सरकार गठन चुनौतीपूर्ण बनेको छ । ‘द टाइम्स अफ इजरायल’ का अनुसार विपक्षी यहुदी नेतृत्वका दलले ४८ र अरब नेतृत्वका दलले १९ सिट प्राप्त गरेका छन् । यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग सहकार्य गर्न अनिच्छुक छन् । सैनिकसहितका मतदाताको बाँकी मतगणनाले अन्तिम परिणाम बदल्न सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् । विपक्षी नेता गदी आइसेनकोटले परिणामले नेतान्याहु सरकारप्रति जनताको अविश्वास देखाएको बताउँदै परिवर्तन र अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध सरकार गठनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यसैबीच, डेमोक्रेट्सका अध्यक्ष यायर गोलनले सरकार गठनका लागि विपक्षी दलका नेताहरूसँग वार्ता अघि बढाउने बताउनुभएको छ । उहाँले अरब दलहरूलाई समेत गठबन्धनमा समेट्नुपर्ने धारणा राख्दै विवादास्पद न्यायिक सुधार रोक्न र युवामा भविष्यप्रतिको आशा जगाउन नयाँ सरकार आवश्यक रहेको बताउनुभएको छ ।

प्रकाशित : १३ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६