अर्थ-वाणिज्य

सामाजिक सुरक्षा र सञ्चयकोषमा आबद्ध हुने सेवाग्राहीलाई विशेष छुट



काठमाडौँ, १७ असार

किस्ट शिक्षण अस्पताल काठमाडौँले सामाजिक सुरक्षा कोष (एसएसएफ) र कर्मचारी सञ्चय कोष (पिएफ) मा आबद्ध सेवाग्राहीलाई विशेष छुट दिने व्यवस्था गरेको छ । सामाजिक सुरक्षा कोषअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा तथा भर्ना भएका बिरामी (ओइपिडी) लाई उपचार गराउँदा लागेको खर्चको ८० प्रतिशत कोषले व्यहोर्ने र सेवाग्राहीले २० प्रतिशत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको अस्पतालले स्पष्ट गरेको छ । त्यसैगरी, कर्मचारी सञ्चय कोषको स्वास्थ्य योजना कार्यक्रमअन्तर्गत सो अस्पतालमा भर्ना भई उपचार गराउँदा सामान्य रोगका लागि वार्षिक रु एक लाख र घातक रोगका हकमा सेवा अवधिभर रु १० लाखसम्म उपचार खर्च परिपूर्ति हुने व्यवस्था गरेको पनि अस्पताल जनाएको छ । सो अस्पतालका अध्यक्ष अभिषेक थापाका अनुसार आन्तरिक चिकित्सा, शल्यचिकित्सा, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, मिर्गौला रोग, आँखा रोगलगायत विभिन्न विशेषज्ञ सेवाको उपचारमा सो छुट पाइने छ । कोषले उपलब्ध गराएको परिचयपत्रसहित अस्पतालमा रहेको सम्बन्धित सहायता कक्षमा सम्पर्क गरी सेवाग्राहीले सहज रुपमा विशेष छुट लिनसक्ने सो अस्पतालले जनाएको छ । –––

प्रकाशित : १७ असार २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६