ब्रेकिंग न्युज

राष्ट्रियसभाः ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित



काठमाडौँ, २५ असार

राष्ट्रियसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा सदस्य वासुदेव घिमिरेले भाग लिँदै आफूहरूका संशोधनलाई स्वीकार गरेकामा सरकारलाई धन्यवाद दिनुभयो । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । सभाले विधायन व्यवस्थापन समितिको संशोधनसहितको प्रतिवेदनलाई स्वीकार गरेको छ । सो विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समय सीमाको चापका बीच छोटो अवधिमा छलफलपश्चात् आजै अध्यादेशलाई प्रतिस्थापनसम्बन्धी चार र बजेटसम्बन्धी आश्रित दुई विधेयक पारित गर्न सकिएकामा सम्बन्धित मन्त्री, समितिका सदस्य र सबै सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो । सभाको अर्काे बैठक यही असार २६ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।

प्रकाशित : २५ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६