ब्रेकिंग न्युज

नागढुङ्गा सुरुङमार्गमा दौड



काठमाडौँ, २ साउन

सडक विभाग र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ गरिएको छ । नागढुङ्गा सुरुङमार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले आज दौड तथा पदयात्रा गरिएको हो । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङमार्गको विषयमा सर्वसाधारणलाई आवश्यक जनचेतना अभिवृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ प्रवर्द्धनात्मक कार्यक्रम गरिएको जानकारी दिनुभयो । नागढुङ्गा-नौबिसे सुरुङमार्गअन्र्तगत दुई हजार ६८८ मिटर लम्बाइ रहेको छ । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना सन् २०२३ अप्रिल २६ भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो । आयोजना निर्देशक नेपालले साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताउनुभयो । आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा-नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन गुड्छन् । आयोजनाका निर्देशक नेपालले नागढुङ्गा-नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिनेमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिनुभयो । आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुई पाङ्ग्रे सवारीसाधन भने चलाउन पाइने छैन ।

प्रकाशित : २ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६