खोज–अनुसन्धान

कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’



विराटनगर, ४ असार

भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ आज एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ । खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चापदार्थ लिएर यही साउन १ गते हिँडेको ४० कन्टेनरसहितको सो कार्गाे रेल आज यहाँ आइपुगेको हो । स्वास्तिक आयलको औद्योगिक कच्चापदार्थ लिई आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका थिए । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार ‘यार्ड’ हुँदै विराटनगर–१८ बुधनगर भेडियारीस्थित नेपाल भन्सार ‘यार्ड’ सम्म ल्याउने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ । यसअघि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड अधिकारीहरूले संयुक्त रूपमा उक्त कार्गो रेललाई बिदाइ गर्नुभएको विराटनगर भन्सार कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यो रेल सेवा पूर्णरूपमा सञ्चालनमा आएपछि एकैपटकमा ४० फिटका ४५ वटा कन्टेनरहरू रेलमार्फत विराटनगर आइपुग्ने बताइएको छ । सडकमार्गको तुलनामा कार्गो रेल सुरक्षित, भरपर्दो र न्यूनलागत हुनुका साथै करिब २४ घण्टाको समयावधिमा कोलकाताबाट विराटनगरसम्म आइपुग्ने भएकाले सामान ढुवानीमा सहज हुने व्यवसायीको भनाइ छ । वीरगञ्जमा मात्र उपलब्ध यस्तो रेल कार्गो सुविधा अब विराटनगरमा समेत सञ्चालन भएपछि पूर्वी क्षेत्रका उद्योगी व्यसायी खुसी देखिन्छन् । यसअघि विराटनगरमा कार्गो रेल २०८० जेठ १८ गते आएको थियो ।

प्रकाशित : ४ श्रावण २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६