देश

एमाले बागमती प्रदेश सरकारमा ‘पर्ख र हेर’को नीति



काठमाडौँ, ४ साउन

नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ । सो दलको आज काठमाडौँमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत् रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा निदेशचन्द्र देवकोटाले जानकारी दिनुभयो । यही साउन १ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुद दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्मा रहेका एमालेका अधिकांश मन्त्रीलाई विना विभागीय मन्त्री रहने गरी हेरफेर गर्नुभएको थियो । प्रदेश सरकारका गठनबन्धन उलटपुलटबारे विभिन्न दलबीच शीर्ष तहमा संवाद चलिरहेको छ । –––

Powered By  Orson Infotech

प्रकाशित : ४ श्रावण २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६