कृषि

झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न



भद्रपुर (झापा), ५ साउन

नेपालको प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा हालसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार साउन ४ गतेसम्म जिल्लामा कूल ७७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार गत वर्षको यही अवधिको तुलनामा यसवर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा धान रोपाइँ भएको छ । सुरुमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि किसान धमाधम रोपाइँमा जुटेका छन् । “सुरुमा वर्षा नहुँदा रोपाइँ केही ढिलो भएको थियो । असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि अहिले जिल्लाभरि तीव्र रूपमा रोपाइँ भइरहेको छ । गतवर्षको तुलनामा यसवर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ”, प्रमुख विष्टले बताउनुभयो । उहाँका अनुसार हाल जिल्लाको गौरीगञ्ज क्षेत्रमा रोपाइँ तीव्र गतिमा भइरहेको छ । साउनको अन्त्यसम्म जिल्लाका अधिकांश खेतमा धान रोपाइँ सम्पन्न हुनेछ । झापामा प्रत्येक वर्ष करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित : ५ श्रावण २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६