कर्णाली

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री



कर्णाली, ३१ साउनः

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ । प्रदेश सरकारले आज खाद्यान्नसहित आवश्यक बन्दोबदस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो । एक सय ५० थान त्रिपाल, कम्बल ३५० थान, बल्याङ्केट १८५ थान, टेन्ट २० सेट, पिफर्म, प्लास्टिक, चार क्विन्टल चामल, २०० प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटबाट माग भइ आए अनुरुप राहत सामग्री पठाइएको सचिव विकले बताउनुभयो । उहाँका अनुसार १० जिल्लालाई पुग्ने गरी प्रदेश आपतकालीन केन्द्रमा भण्डारण गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विपद् प्रतिकार्य, खोज उद्धार तथा राहतका लागि एक हप्ता अघि नै भर्चुअल बैठकबाट तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो । अहिले जाजरकोटमा पहिरोमा हराइरहेकाहरुको खोज तथा उद्धार गर्न र विस्थापित परिवारका लागि लागि प्रशासनसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनासहित सुरक्षा जनशक्ति परिचालन गरिएको सचिव विकले बताउनुभयो । राहत तथा पुनःस्थापनका लागि सङ्घ, कर्णाली प्रदेश सरकार र स्थानीय तह मिलेर काम गर्दा त्यसले नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने उहाँको भनाइ थियो । –––

प्रकाशित : ३१ श्रावण २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६