अन्तर्राष्ट्रिय

‘बृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्न आजदेखी अन्तर्राष्ट्रिय सम्मेलन’



कपिलवस्तु १ असोज
बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु हुदैछ । दर्जनौ देशका १ सय ५० भन्दा बढी सहभागीले रुपन्देही कपिलवस्तु र नवलपरासीको एकिकृत सम्पदा संरक्षण र पर्यटनबारे मन्थन गर्ने कार्यक्रम रहेको वताइएकोछ । सम्मेलनमा बौद्ध ध्यान, बौद्ध धर्मगुरुसँग संवाद तथा लुम्बिनी र तिलौराकोट–कपिलवस्तुको स्थलगत अवलोकनसमेत गरिने कार्यक्रम रहेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, युनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो।

सम्मेलन लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा हुनेछ।सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले उद्घाटन गर्ने कार्यक्रम आयोजकले लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।सम्मेलनमा उच्चपदस्थ सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार एवं स्थानीय प्रतिनिधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहने युनेस्कोकी संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले बताइन्। सम्मेलनमा भारत, श्रीलंका, इन्डोनेसिया, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड लगायतका देशका विज्ञसहित १ सय ५० जना र अनलाइन रजिष्ट्रेसनमार्फत एक सय जनाको सहभागिता रहने जनाइएको छ।

बृहत्तर लुम्बिनी क्षेत्रमा बुद्धजन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोट दरबार, मायादेवीको माइतीघर देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम तथा पण्डितपुरलगायतका महत्त्वपूर्ण पुरातात्त्विक तथा धार्मिक स्थल रहेका छन्।लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदा स्थल हो। विश्व सम्पदा समितिले सन् २०२६ मा लुम्बिनीको संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नेपाललाई थप काम गर्न आग्रह गरेको छ।तीनदिने सम्मेलन साझा घोषणापत्र जारी गरी आइतबार सम्पन्न हुनेछ।

प्रकाशित : २ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६