कर्णाली

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय



कर्णाली, ८ असोज

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । वीरेन्द्रनगरमा बुधबार बसेको बैठकले प्रदेश सरकारको संस्थागत तथा व्यवस्थापनसँग सम्बन्धित निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिनुभयो । बैठकले कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा डा चन्द्रप्रसाद रिसाललाई कामकाजका लागि खटाउने निर्णय गरेको छ । कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० अनुसार, एघारौँ तह वा सो सरहको पदमा पदस्थापन गर्ने अधिकार मुख्यमन्त्रीलाई प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको छ । उक्त निर्णयसम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिने प्रवक्ता खड्काले बताउनुभयो । बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको छ । त्यस्तै, कर्णाली प्रदेश सरकारका तर्फबाट जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतमा कार्यरत योजना महाशाखा प्रमुख रमेश सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ८ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६