देश

नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या



काठमाडौँ, ९ असोजः

दुई दिनदेखि नियमित रूपमा परेको वर्षाका कारण काडमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापनमा समस्या भएको छ । काठमाडौँ महानगर पालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वर्षाका कारण ‘सिस्डोल ल्यान्डफिल साइट’ मा लेदोसहितको पानी बग्न थालेपछि फोहर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो । अन्तिम फोहर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ । घर, पसल, व्यवसाय र कम्पाउन्डको फोहर सडक र सार्वजनिकस्थल, खोलानाला र खुला स्थानमा नफाल्न आग्रह गर्दै उहाँले उल्लेखित स्थानमा फोहर फाले सडक अवरुद्ध हुनुका साथै पानी निकासमा समेत बाधा पुग्ने बताउनुभयो । अवस्था सामान्य हुनासाथ फोहर सङ्कलन तथा ढुवानी नियमित रूपमा हुने पनि राईले जानकारी दिनुभयो । ल्यान्डफिल साइटमा हाल काठमाडौँ उपत्यकाको १८ वटा स्थानीय तहको फोहर दैनिक करिब २०० गाडीले अन्तिम रूपमा व्यवस्थापन गर्दै आएका छन् । –

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६