कर्णाली

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो



महेन्द्रनगर, ९ असोजः

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जोगबुढा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै स्थानीय १४ परिवारको सामान आज सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले उक्त नगरपालिका–३ मा पटरा खल्लामा १४ घर परिवारको अन्नबालीलगायत सामग्री जमुना आधारभूत विद्यालयमा सारिएको जानकारी दिनुभयो । सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको प्रहरी टोलीले उक्त सामग्री सुरक्षित स्थानमा सारेको हो । सोही वडाका वडाध्यक्ष हरिसिंह धनाडीले मौसम पूर्वानुमान महाशाखाबाट भारी वर्षा हुनसक्ने भन्दै सर्तक रहन आग्रह गरिए अनुसार स्थानीयवासीमा सचेत रहन वडा र नगरपालिकाबाट सूचना गरिएको बताउनुभयो । “अहिलेसम्म त्यस प्रकारको खतरा छैन । तर सर्तकता अपनाइएको छ”, उहाँले भन्नुभयो, “सुरक्षा निकाय र स्थानीय तहबीच पनि विपद् प्रतिकार्य खोज तथा उद्धारका लागि समन्वय भएको छ ।” नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि आवश्यक विपद् उद्धार सामग्रीसहित तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा रहेको जनाएको छ । जिल्लाभरको सम्भावित विपद् क्षति न्यूनीकरण तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा ‘कमाण्ड पोष्ट’ स्थापना भई आवश्यक निगरानीसमेत बढाइएको छ । –––

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६