तौलिहवा १७ असोज
नेपालको मर्यादपुर स्थित शसस्त्र प्रहरीको विओपी (बर्डर आउट पोष्ट ) वाट चेकजाँच भएर ठिक छ भनि पठाएको एक टयांकर २ किमी भित्रै भारतीय भूमीमा पुग्दा तस्करीको नविनतम शैलीमा फेला परेकोछ । नेपाल भारत सिमानाका कटाईएको उक्त टयांकरमा तेश्रो मुलुकवाट आयातित बीउ बिजन भारतीय प्रहरीले बरामद गरेकोछ ।भारतको खुनुवा सीमा पारी नेपालबाट सामान अनलोड गरी फर्किँदै गरेका दुई भारतीय ट्याङ्करबाट ठूलो परिमाणमा फर्सी तथा खरबुजाको बिउ बरामद भएको छ। भारतीय सुरक्षाकर्मीले ती बिउको मूल्य करिब एक करोड भारतीय रुपैयाँ रहेको जनाएको छ। ती टयांकरमा माथिवाट वोल्डीङ गरेर खोल्न र बन्द गर्न मिल्ने बनाएर भित्र उक्त तस्करीको सामान राखिएको थियो
भारत तर्फको खुनुवा कस्टमका अधिकारी अनिलकुमार सिंहका अनुसार नेपालबाट फर्किँदै गरेका यूपी ४७ एटी २५०१ र यूपी ४७ एटी १९१३ नम्बरका ट्याङ्कर नियन्त्रणमा लिएर जाँच गर्दा बिउ बरामद भएको हो।जसमध्ये २५०१ नम्बरको ट्याङ्करबाट २० किलोका ५३० बोरा र १९१३ नम्बरको ट्याङ्करबाट ५०० बोरा बिउ बरामद भएको अधिकारी सिंहले बताउनुभयो। दुवै ट्याङ्करबाट २० टनभन्दा बढी बिउ बरामद भएको भारतीय अधिकारीहरूले जनाएका छन्।
अनौठो त के भने शशस्त्रको बिओपी मर्यादपुर( डगरी) का प्रमुख प्रहरी निरिक्षक गोविन्द सिंह थापाले हामीसंग टयांकर भित्र के छ भनेर हेर्ने कुनै उपकरण थिएन भन्दै डयुटीमा रहेका प्रहरीले चेकजाँच गरेर पठाएका हुन् । हाम्रो अभिलेखमा पनि उल्लेख छ भन्दै त्यस्तो प्रकारको चोरी तस्करीको कुनै सुइको नपाएको वताए । यस्तो सम्म हुन्छ भन्ने अनुमान नै थिएन उनले भने । खाली टयांकर र लोडेड टयांकरको अवस्था त पहिचान हुनु पर्ने हो कतै बिओपीको मिलेमतो पो होकी भन्ने प्रश्नमा यो घटना अप्रत्यासित रह्यो हामीलाई बिवादमा नपार्नेगरी लेखिदिनु होला भन्ने जवाफ दिए । मिलेमतो छैन भन्ने दावि गर्न उनी सकेनन् । खुनुवा स्थित शसस्त्र प्रहरी पोष्टले ससाना सामान पक्रने ठूलो सामान र सेटिङवाट हुने गरेका तस्करीका सामान नपक्रने विगतमा पनि घटना भएका थिए । सो पोष्टले चेकजाँच गरेर तौलिहवा तर्फ पठाएका सवारीवाट नेपाल प्रहरीले चेकजाँच गर्दा अबैध सामान विगतमा पनि फेला परेका थिए ।
नेपालमा सिमेन्टको कच्चा पदार्थ अनलोड गरी फर्किएका ती ट्याङ्करमा तेस्रो मुलुकबाट आयात हुने महँगो बिउ लुकाएर भारततर्फ लैजान खोजिएको प्रारम्भिक जानकारी भारतीय पक्षले दिएको छ।भारतीय सुरक्षाकर्मीका अनुसार एउटा गाडीबाट फर्सीको बिउ र अर्को गाडीबाट ओखरसमेत बरामद भएको छ । बरामद सामग्रीको स्रोत, आयात प्रक्रिया तथा भारततर्फ लैजान खोजिएको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।सीमावर्ती क्षेत्रमा सामान ओसारपसारका क्रममा भएको यो ठूलो परिमाणको बिउ बरामदको घटनाले नेपाल–भारत सीमामा हुने व्यापारिक तथा ढुवानी गतिविधिको निगरानीमाथि समेत प्रश्न उठाएको छ। यो घटनाको सत्य तथ्य छानविन हुनुपर्ने माग स्थानीयले गरेका छन् ।
यता सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तु तथा मातहतका युनिटबाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट करिब १५ लाख ५३ हजार ७ सय ६६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।हिजो बिहीबार सीमावर्ती क्षेत्रमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा लत्ताकपडा, किराना सामान, मोबाइल पाट्र्स, खाद्यान्न, सुर्तीजन्य पदार्थ तथा पेय पदार्थ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका ती सामान ढुवानीमा प्रयोग भएका एक वटा बस र एक वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।बरामद गरिएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण कपिलवस्तुले जनाएको छ।सीमावर्ती क्षेत्रमा अवैध चोरी–पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिँदै आएको जनाएको छ।
१७ आश्विन २०८३, शनिबार









प्रतिक्रिया