अर्थ-वाणिज्य

आज कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन :सत्तापक्ष र विपक्षीदलका अध्यक्षको संबोधन,पदाधिकारी थपिने, उम्मेदवारी सोमवार



ललितपुर १८असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ता पर्सि सोमवार हुने भएको छ ।केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज १९ गते सोमवार दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म काठमाण्डौमा रहेको राष्ट्रियसभा गृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको हो ।कांग्रेस महाधिवेशनको उद्घाटन आइतवार खुलामञ्चमा हुँदैछ । महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरेको स्वास्थ्य समितिले जनाएको छ ।समितिका अनुसार महाधिवेशन स्थल खुलामञ्चमा ३० जना स्वास्थ्यकर्मीसहितको ५ वटा हेल्थ डेस्क स्थापना गरिएको छ यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढाउन पदाधिकारीको सङ्ख्या थप्ने तयारी गरेको छ । विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी २ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री थपिन सक्नेछन् । यसले ३५ वर्षमुनिका युवालाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ ।
यता नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेतृत्वलाई कांग्रेसले निम्तो दिएको थियो।हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत उद्घाटन कार्यक्रममा सहभागी हुने निश्चित भएको कांग्रेसले जनाएको छ।त्यस्तै, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन कार्यक्रममा सहभागी हुने तय भएको छ। कांग्रेसका अनुसार अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता पनि सुनिश्चित हुने क्रम जारी छ। सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेकी छन्।

प्रकाशित : १८ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६