सुदूरपश्चिम, २३ असोजः
सुदुरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरन्जन बिष्टलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजीर मियाँले उहाँलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता उपसचिव शेखरकुमार रोकायाद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विष्टलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको उल्लेख छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ निवासी विष्ट लामो समयदेखि अधिवक्ताका रुपमा वकालत गर्दै आउनुभएको छ । —









प्रतिक्रिया