अन्तर्राष्ट्रिय

आवास मुद्दाको छाँयाबीच स्पेनका प्रधानमन्त्रीद्वारा मतदान अभियान सुरु



दोस हेर्मनास, स्पेन, २४ असोज (रासस/एएफपी):

आवास मुद्दाको छाँयाबीच स्पेनका प्रधानमन्त्रीद्वारा मतदान अभियान सुरुआवास विरोध आन्दोलनले देशलाई तरङ्गित बनाएको समय स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार मध्यावधि मतदानका लागि अभियान सुरु गर्नुभएको छ । उहाँले फेरि एकपटक असम्भवजस्तो मानिएको राजनीतिक नेतृत्वमा फिर्ता हुने प्रयास गर्नुभएको छ । कसैले पनि स्पेन सन् २०२७ मा निर्धारित आमनिर्वाचन अगाडि सार्ने अवस्थामा पुग्ने अपेक्षा नगरेको समय ८७ वर्षीया म्याड्रिडकी पेन्सनभोगी मारिकार्मेन अबास्कललाई दुई साताअघि उहाँको घरबाट बेदखल गरिएको भनी सुरू भएको आवास विरोध आन्दोलनले स्पेनी वर्तमान् सरकारलाई ठूलो चुनौति सिजैना गरेको छ । देशको दीर्घकालीन आवास सङ्कटको प्रतीक बन्नुभएको अबास्कलको मुद्दाले देशव्यापी विरोध प्रदर्शनलाई उत्प्रेरित गर्‍यो र सान्चेजको वामपन्थी गठबन्धनमाथि तत्कालीन अध्यादेश ल्याउन दबाब बढायो। तर अल्पमत सरकारले संसदमा आफ्ना उपायहरू पारित गर्न असफल भएपछि सान्चेजले सत्तालाई धारमा राख्दै नोभेम्बर २९ मा निर्वाचन गर्ने घोषणा गर्नुभएको थियो । सन् २०१८ देखि सत्तामा रहेका सान्चेजले हालका वर्षहरूमा अन्तर्राष्ट्रिय प्रसिद्धि कमाउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इज्र्रायलसँगको उहाँको टकरावले निराश विश्वव्यापी प्रगतिशील समूहहरूलाई आकर्षित गरेको छ । उहाँ देशभित्र विवादास्पद व्यक्तित्वका रूपमा हेरिनुहुन्छ र उहाँको दल अधिकांश सर्वेक्षणमा मुख्य अनुदारवादी पिपुल्स पार्टी (पीपी) भन्दा पछाडि छ । शनिबारको सभामा सान्चेजले यदि आफ्नो दलले पूर्ण बहुमत ल्यायो भने भाडावालहरूलाई ‘रियल इस्टेट स्पेकुलेसन’ बाट जोगाउने कानुन बलियो बनाउने वाचा गर्नुभयो । ‘रियल इस्टेट स्पेकुलेसन’ भन्नाले भविष्यमा घर वा जग्गाको मूल्य बढ्छ भन्ने आशामा तत्कालै कुनै भौतिक सुधार वा निर्माण नगरी छोटो वा लामो अवधिका लागि सम्पत्ति किन्नु र नाफा कमाउनका लागि फेरि बिक्री गर्नु हो । “मारिकार्मेन र उहाँको लागि अभियान चलाउने सबै, साथै आवासको न्यायपूर्ण कारणका लागि काम गर्ने सबैले बाटो खोलेका छन्,” उहाँले बुधबार अस्पतालमा निधन भएकी अबास्कलप्रति ‘स्नेह’ दर्शाउँदै भन्नुभयो । –ज्याला, पेन्सन र आवास– सान्चेजले दक्षिणी शहर सेभिल्ला बाहिरको बजार क्षेत्र र ऐतिहासिक समाजवादी गढ मानिने दोस हेर्मनासलाई आफ्नो चुनावी अभियान सुरु गर्ने प्रतीकात्मक स्थानका रूपमा चयन गरेको देखिन्छ । उहाँले सन् २०२३ को चुनावी अभियान पनि दोस हेर्मनासबाट सुरु गर्नुभएको थियो र पीपीले बढी सिट जिते पनि भविष्यवाणीलाई गलत साबित गर्दै सत्ता जोगाउँदै गठबन्धन सरकारको नेतृत्व गर्नुभएको थियो । दोस हेर्मनास सान्चेजको राजनीतिक पुनरुत्थानको स्थल पनि हो । सन् २०१६ मा दुईपटकको आमनिर्वाचन हारपछि समाजवादी पार्टीको नेताबाट राजीनामा दिएपछि उहाँको यही क्षेत्रबाट पनरागमन भएको थियो । सान्चेजले सभा सुरु गर्दा भीडमा रहेकी ६७ वर्षीया पेन्सनभोगी इसाबेल मोरालेसले एएफपीसँग भन्नुभयो, “उहाँको कार्यकाल ‘धेरै सकारात्मक’ रहेको बताउनुभयो । मोरालेसले भन्नुभयो, “उहाँले मजदूर तथा कामदार वर्गका लागि धेरै सुधारका काम गर्नुभएको छ । यो समूहलाई लक्षित गरी ज्याला बढाउने, पेन्सन बढाउने, आवास कानुन बनाउने, धेरै सकारात्मक कुराहरू उहाँले गर्नुभएको छ । आशा गरौँ, उहाँले यसलाई निरन्तरता दिनुहुनेछ ।” –रूढिवादी समूह आक्रामक मोडमा– पीपी नेता अल्बेर्तो नुयँेज फेइहूले पनि शनिबार म्याड्रिडमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्नुभएको छ । सन् २०२३ मा सरकार गठन गर्न असफल भएपछि उहाँ प्रधानमन्त्री बन्ने लक्ष्यमा हुनुहुन्छ । “स्पेनलाई भविष्य चाहिन्छ र उहाँ (सान्चेज) लाई विगतमा रहनुपर्छ,” फेइहूले आइतबार म्याड्रिडको सभामा भने। “हामी पूर्ण परिवर्तनको प्रस्ताव राख्दैछौँ।” अधिकांश सर्वेक्षणमा अगाडि रहेका पीपी नेताले सरकारको सेउटाको आप्रवासन सङ्कटको व्यवस्थापनमाथि आलोचना केन्द्रित गर्नुभएको छ । बुधबार उहाँले त्यहाँ कार्यक्रम गर्दै सामान्य अवस्था फर्काउने वाचा गर्नुभएको थियो । जुलाईको अन्त्यतिर मोरक्कोबाट ७० हजार भन्दा बढी आप्रवासी स्पेनी उत्तरी अफ्रिकी क्षेत्र सेउटामा प्रवेश गरेका थिए । हजारौँ महिनौँदेखि अस्तव्यस्त अवस्थामा बसिरहेका छन्, जसले स्थानीयहरूमा आक्रोश जन्माएको छ । सर्वेक्षणले फेइहूलाई बहुमत प्राप्त गर्न असम्भव देखाउँछ, जसले संसदको तेस्रो ठूलो शक्ति अति–दक्षिणपन्थी पार्टी भोक्सलाई सम्भावित गठबन्धन वार्तामा निर्णायक भूमिका दिन सक्छ। सभामा रहेका ३१ वर्षीय सार्वजनिक क्षेत्रका कर्मचारी रुबेन मोस्कोसोले फेइहूलाई ‘अवसर’ दिनुपर्ने तर्क गर्नुभयो । “हामी आफ्नो देशलाई बर्बादी, भ्रष्टाचार र हालसालै देखिएका अपारदर्शी अभ्यासबाट बाहिर निकाल्न चाहन्छौँ,” उहाँले भन्नुभयो । शनिबारका दुवै सभामा प्रमुख मुद्दा बनेका आवास लामो समयदेखि जनताको मुख्य चिन्ताको विषय हो, किनकि, सयौं प्रदर्शनकारीहरू म्याड्रिडको प्रतीकात्मक ‘पुएर्ता देल सोल’ चोक र अन्य शहरहरूमा भाडावालहरूलाई बढी सुरक्षा र सस्तो मूल्यको माग गर्दै बसेका थिए । मुख्य ट्रेड युनियनहरूले मतदानअघि आवास र ज्यालामाथि दबाब बढाउन नोभेम्बर ११ मा आमहडतालको आह्वान गरेका छन् । यो सन् २०१२ पछि स्पेनमा यस्तो पहिलो हडताल हो । –––

प्रकाशित : २४ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६