खेलकुद

कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा



कञ्चनपुर, २९ असोजः

वाई–वाई यु–१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ । कैलालीको फाप्ला खेल मैदानमा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले २६ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो । कञ्चनपुरका लागि अङ्कुश ओखेडाले सर्वाधिक ३० रन बनाए । उनले २० बलमा ६ चौका प्रहार गरे । हिमाल पन्तले ४२ बलमा तीन चौकासहित १८ र अङ्कित चन्दले २३ बलमा तीन चौकासहित १५ रनको योगदान दिए । बलिङमा कैलालीका रुद्रप्रसाद आचार्य र रोशन रावलले समान तीन–तीन विकेट लिए । कुल ८९ रनको सामान्य लक्ष्य पछ्याएको कैलाली ३० ओभरमा पाँच विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सफल भयो । कैलालीका निश्चल क्षेत्रीले ४७ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । प्रिकल चन्दले ५४ बलमा एक चौकासहित १८ रनको योगदान गरे । कञ्चनपुरको जितमा जनक सिंह सुनार र सृजल ओडले उत्कृष्ट बलिङ गरे । जनकले चार ओभरमा एक मेडन राख्दै तीन रन खर्चिएर चार विकेट लिए । सृजलले सात ओभरमा एक मेडनसहित १६ रन दिएर चार विकेट हात पारे । उत्कृष्ट बलिङ प्रदर्शन गरेका कञ्चनपुरका जनक सिंह सुनार ‘प्लेयर अफ दी म्याच’ घोषित भए । वाई–वाई यु–१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगिता सुदूरपश्चिमका आठ जिल्लाका टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा बैतडी, डडेल्धुरा, दार्चुला र बझाङ रहेका छन भने समूह ‘बी’ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम रहेका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मण दत्त भट्टले समूह ‘ए’ का खेल बैतडी र समूह ‘बी’ का खेल कैलालीमा सञ्चालन भइहरेको जानकारी दिनुभयो । दुई वटै समूहका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुन्छ,” उहाँले भन्नुभयो, “फाइनल खेल आगामी शनिबार बैतडीको दशरथचन्द खेलमैदानमा हुनेछ ।”

प्रकाशित : २९ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६