गण्डकी

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति



चितवन, ३० चितवन

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार गएको वैशाख ६ गतेदेखि असोज २३ गतेसम्म कार्यकारी निर्देशक निमित्तको भरमा रहेको थियो । सो अवधिमा सञ्चालक समितिसमेतले पूर्णता पाउन सकेको थिएन । असार १५ गते प्रा डा योगेन्द्रप्रसाद सिंह अध्यक्षमा नियुक्त हुनुभएको थियो । सञ्चालक समितिका सदस्यहरू असोज ६ गतेमात्रै चयन हुनुभएको थियो । नवनियुक्त कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित नहुँदा अस्पतालका नयाँ खरिद प्रक्रिया, चिकित्सक कर्मचारीको वृत्तिविकास र बढेको तलब खुवाउन नसकिएको बताउनुभयो । जसका कारण प्रत्यक्ष रूपमा सेवाग्राही र चिकित्सक कर्मचारी प्रभावित भएका छन् । उहाँले भन्नुभयो, “बिरामीले निःशुल्क पाउने कतिपय सामग्री उपलब्ध गराउन सकिएको छैन, बिरामी आफैँले किन्नुपर्ने अवस्था छ ।” नीति तथा कार्यक्रम र बजेट पास गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । आचार्यले अस्पताल सुधारका लागि बनेको समितिले अध्ययन गरिरहेको बताउँदै सो अध्ययन आएसँगै सुधारका थप काम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी बिहानदेखि राति अबेरसम्म खटिएर काम गरिरहेका छौँ । केही दिनमै अनुभूति हुनेगरी काम देखिन्छ ।” विसं २०७४ वैशाखमा आचार्य पहिलोपटक कार्यकारी निर्देशक हुँदा अस्पताल समस्यामा थियो । आचार्य निर्देशक हुनुअघि तत्कालीन समयमा स्थानीय प्रशासनले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको थियो । हाल देखिएका समस्या समाधान गर्न आफू लागिपरेको उहाँले बताउनुभयो । यहाँ भारतदेखि बिरामी आउने गर्दछन् । नेपालका सबै जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । अस्पतालमा समस्या देखिएसँगै प्रत्यक्ष रूपमा बिरामी प्रभावित हुने हुँदा सरोकारवालाहरूको ध्यान यहाँ बढी जाने गर्दछ । —

प्रकाशित : ३० आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६