देश

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त



काठमाडौँ ३० असोज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जेबी घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै २०४७ सालदेखि पार्टी सङ्गठन निर्माण निरन्तर रुपमा सक्रिय भई शिक्षा र समाजसेवाका क्षेत्रमा अमूल्य योगदान पुर्याउनुभएका घिमिरेरको निधनबाट पार्टीलाई क्षति पुगेको बताउनुभएको छ । अध्यक्ष ओलीले दिवङ्गत घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सङ्खुवासभाको मादी गाउँपालिका मखुवा निवासी ६६ वर्षीय घिमिरेको यही असोज २८ गते निधन भएको हो ।

प्रकाशित : ३० आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६