ब्रेकिंग न्युज

भाडाको भवनबाट आफ्नै पूर्वाधार सम्म युनाइटेड अस्पताल सुदृढ स्तरमा ८ विशेषज्ञ चिकित्सकको सेवाले छिमेकी जिल्ला र भारत सम्म पहुँच विस्तार



पार्वती पाण्डे


कपिलवस्तु ३० असोज


कुनै समय भाडाको सानो संरचनाबाट स्वास्थ्य सेवा सुरु गरेको युनाइटेड अस्पताल अहिले आफ्नै सुविधा सम्पन्न भवनबाट विशेषज्ञ चिकित्सक सहितको गुाण्स्तरीय सेवा प्रदान गर्ने अवस्थामा पुगेको छ। वाणगंगा नगरपालिका–४ ठाकुरापुरमा युुनाइटेड सहकारीद्धारा सञ्चालित अस्पतालले सात जना विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गरेपछि कपिलवस्तुसँगै छिमेकी जिल्ला र सीमाक्षेत्रका भारतीय नागरिकका लागि समेत उपचारको पहुँच सहज बन्दै गएको छ।
स्थापनाको प्रारम्भिक चरणमा वाणगंगा–४ जीतपुरको चोकबाट भाडाको भवन लिएर सेवा सुरु गरेको अस्पतालले विस्तारको क्रमसँगै ठाकुरापुरमा करिब डेढ बिघा जमिनमा आफ्नै भवन निर्माण गरेको हो। अहिले सोही भवनबाट अस्पतालले विभिन्न स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ।
अस्पतालका निर्देशक सुन्दर आचार्यका अनुसार सीमित पूर्वाधारबाट सुरु भएको अस्पताललाई क्रमशः व्यवस्थित र सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने योजनाअनुसार पूर्वाधार तथा विशेषज्ञ सेवा विस्तार गरिएको हो।
“भाडाको भवनबाट सेवा सुरु गरेका थियौँ। विस्तारै आफ्नै जमिनमा पूर्वाधार तयार गरेर अहिले विशेषज्ञ चिकित्सकसहित सेवा दिन सक्ने अवस्थामा पुगेका छौँ,” निर्देशक आचार्यले भन्नु भयो, “स्थानीय नागरिकलाई आफ्नै ठाउँमा सहज र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो मुख्य उद्देश्य हो।”
विशेषज्ञ सेवा थपिएसँगै बढ्यो पहुँच
अस्पतालमा सात जना विशेषज्ञ चिकित्सकबाट सेवा सुरु भएपछि उपचारका लागि आउने बिरामीको पहुँच र दायरा पनि विस्तार भएको अस्पतालले जनाएको छ। विशेषज्ञ चिकित्सकको परामर्शका लागि अन्यत्र जानुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले अस्पतालले सेवा विस्तार गरेको हो।विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि कपिलवस्तुका विभिन्न स्थानबाट बिरामी उपचारका लागि आउने गरेका छन्। त्यति मात्र होइन, अर्घाखाँची, प्युठान र रोल्पालगायतका छिमेकी जिल्लाबाट समेत बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको निर्देशक आचार्यले बताए।
यसले अस्पतालको सेवा स्थानीय क्षेत्रमै सीमित नरहेको देखाएको छ। आफ्नै भवन, विस्तार हुँदै गएको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ चिकित्सकको उपस्थितिले अस्पतालप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको अस्पतालको दाबी छ।


विशेषगरी उपचारका लागि बुटवल, भैरहवा वा अन्य ठूला स्वास्थ्य संस्थामा पुग्नुपर्ने बिरामीका लागि स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध हुनु महत्वपूर्ण भएको अस्पतालको भनाइ छ।

नजिकै उपचार सेवा पाउँदा बिरामी तथा आफन्तको समय र यात्राको खर्चसमेत घट्ने अपेक्षा गरिएको छ।
नेपाल टप डाक्टर युनाइटेडमा
युनवाइटेड अस्पतालमा बरिष्ट एनेस्थेसियोलोजी डा सुमन श्रेष्ठले सेवा दिइरहनु भएको छ ।

उहा एमडी एनेस्थेसियोलोजी एण्ड क्रिटिकलकेयर उपाधी प्राप्त नेपाल टप भएर उत्तिर्ण भएका डाक्टर रहेको वताइएको छ । डा.श्रेष्ठले अमेरीकावाट दिर्घकालिन दुखाई ब्यवस्थापन सहितको फिजिसियन उपाधी हासिल गर्नु भएको थियो।
अर्का बिशेषज्ञ डा.सन्तोष पौडेल बरिष्ट जनरल सर्जन एवम ल्याप्रोस्कोपीक सर्जन रहनु भएको छ ।

उहाले काठमाडौ विश्वविद्यालयवाट जेनेरल सर्जरीमा स्नातकोत्तर गर्नु भएको छ । यसैगरी डा. सन्देश आचार्य बरिष्ट प्रसूती महिला रोग विशेषज्ञ एवम ल्याप्रोस्कोपिक सर्जनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट प्रसुती विज्ञान तथा स्त्री रोग विज्ञान विषयमा एमडी गर्नु भएकोछ ।

त्यसैगरी डा. समिर खान बरिष्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ रहनु भएको छ ।

उहा अर्थाेपेडिक र ट्रमा सर्जरीमा स्नातकोत्तर उपाधी हासिल गर्नु भएकोछ । यस्तै डा.गोविन्द रावत एमडी इन्टरनल मेडिसिन ,

डा प्रदिप यादव कन्सल्टेण्ट रेडियोलोजिष्ट डा.रहनु भएको छ ।

यसैगरी नाककान घाटी रोग विशेषज्ञ डा.माधव ज्ञवाली र वालरोग विशेषज्ञ डा. विजय भुसाल रहनु भएकोछ । यसैगरी डा. योगेन्द्र थापा र डा. रोशन कुमार यादव बरिष्ट मेडिकल अफिसरको रुपमा कार्यारत हुनहुन्छ ।उल्लेखीत सबै चिकित्सक यूनाइटेडका पूर्णकालिन चिकित्सक हुन उनीहरु दैनिक सेवामा खटि रहेका हुन्छ ।
५० वेड क्षमता माइनर देखी मेजर अप्रेशन सेवा
युनाइटेड हस्पीटल हाल ५० वेड क्षमतामा संचालित लुम्विनी प्रदेशवाट स्बीकृती प्राप्त अस्पतालको यसले १०० वेडको अनुमतिका लागि फाइल पेश गरेको वताइएकोछ। यहा माइनर देखि मेजर सम्मका हाडजोर्नीका अपरेशन, पाठेधरको अप्रेशन, पित्तथैली एपेण्डीसाइटिस हर्निया लगायतका विभिन्न प्रकारका अप्रेशनहरु दैनिक रुपमा अधिक संख्यामा हुदै आएका छन् । युनाइडेडमा २ वटा भेण्टीलेटर सहितका ७ वटा आइसियू वेड रहेका छन् । पित्त थैली, हरनिया एपेण्डीसाइटिस लगायतका अपरेशन दुरविनवाट हुने गरेकोछ । भिडियो एक्सरे कलर डाप्लर मेसिन, इको र इसिजीको आधुनिक मेसिन तथा उपकरण सहितका सेवा रहेकाछन।
डेढ बिघामा आफ्नै सुविधायुक्त संरचना
अस्पतालको विकास यात्राको अर्को महत्वपूर्ण पक्ष हो—आफ्नै पूर्वाधार निर्माण। सुरुमा भाडाको भवनबाट सञ्चालन भएको अस्पताल अहिले करिब डेढ बिघा जमिनमा निर्माण गरिएको आफ्नै भवनबाट सञ्चालन भइरहेको छ।अस्पतालका लागि आवश्यक पूर्वाधार विस्तार गर्न पर्याप्त क्षेत्रफल उपलब्ध भएपछि भविष्यमा सेवा थप व्यवस्थित गर्न सहज हुने अस्पताल प्रशासनको विश्वास छ। स्वास्थ्य संस्था सञ्चालनमा भौतिक पूर्वाधारसँगै दक्ष जनशक्ति र आधुनिक स्वास्थ्य उपकरणको पनि महत्वपूर्ण भूमिका हुने भएकाले अस्पतालले सेवा विस्तारलाई चरणबद्ध रूपमा अघि बढाएको जनाएको छ।
निर्देशक आचार्यका अनुसार अस्पताललाई स्थानीय नागरिकको आवश्यकता र अपेक्षाअनुसार विस्तार गर्दै लैजाने योजना छ। स्वास्थ्य क्षेत्रमा नागरिकको विश्वास जित्न सेवा गुणस्तर, विशेषज्ञ जनशक्ति र बिरामीमैत्री वातावरणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
सहकारीको अवधारणाबाट स्वास्थ्य सेवा
युनाइटेड अस्पतालको सञ्चालनमा सहकारी क्षेत्रको नेतृत्वदायी भूमिका रहेको छ। समुदायसँग जोडिएको सहकारीको लगानी र सहभागिताबाट स्वास्थ्य संस्था सञ्चालनमा आउनुले स्थानीय स्रोतलाई स्वास्थ्य सेवासँग जोड्ने प्रयासका रूपमा पनि यसलाई लिन सकिन्छ।


युनाइटेड सहकारीमार्फत संकलित पूँजीलाई उत्पादनशील तथा सामाजिक योगदानको क्षेत्रमा परिचालन गर्ने अवधारणाअन्तर्गत स्वास्थ्य सेवा लगानीको महत्वपूर्ण क्षेत्र बन्न पुगेको हो स्थानीय आवश्यकता पहिचान गरेर त्यसअनुसार स्वास्थ्य संस्था सञ्चालन गर्न सकेमा समुदायमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सकिने उदाहरण युनाइटेड अस्पतालले प्रस्तुत गरेको छ।अस्पतालले पनि आफ्नो सेवा विस्तारलाई केवल भौतिक संरचना थप्ने विषयका रूपमा मात्र नभई नागरिकको स्वास्थ्य आवश्यकतासँग जोडेर अघि बढाउने बताएको छ।
‘टाढा जानुपर्ने बाध्यता हट्यो
स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुन थालेपछि बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम भएको अस्पताल प्रशासनको भनाइ छ। सामान्य स्वास्थ्य समस्यादेखि विशेषज्ञ परामर्श आवश्यक पर्ने अवस्थासम्म एउटै स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने वातावरण बनाउन अस्पतालले जोड दिएको जनाएको छ।
छिमेकी जिल्लाबाट समेत बिरामी आउन थालेपछि अस्पतालको सेवा क्षेत्र विस्तार हुँदै गएको देखिन्छ। विशेषगरी अर्घाखाँची, प्युठान, रोल्पा र भारतको शिद्धार्थनगर बढनीबाट बिरामी आउनुले वाणगंगा क्षेत्र स्वास्थ्य सेवाको पहुँचका दृष्टिले आसपासका जिल्लासँग जोडिँदै गएको संकेत गरेको छ।
यद्यपि स्वास्थ्य संस्थाको विस्तारसँगै सेवाको गुणस्तर कायम राख्नु अर्को महत्वपूर्ण चुनौती हो। बिरामीको संख्या बढ्दै जाँदा पर्याप्त विशेषज्ञ जनशक्ति, दक्ष स्वास्थ्यकर्मी, आवश्यक उपकरण, औषधि तथा प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने हुन्छ। अस्पतालले आगामी दिनमा यी पक्षलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष मुनाराम चालिसेले बताउनु भयो । अस्पतालमा ठूलो टिमको सहभागिता रहेकाले आगामी दिनमा मेडिकल कलेज संचालन गर्ने योजना रहेको चालिसेले वताउनु भयो । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक

प्रकाशित : ३० आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६