खेलकुद

आईसीसी एसिया सम्मेलन नेपालमा हुने



काठमाडौं, असोज ३०-
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आईसीसी एसिया सम्मेलन नेपालमा हुने भएको छ ।

नोभेम्बर १९ देखि २१ सम्म सम्मेलन नेपालमा हुन लागेको क्यानले जनाएको छ । सम्मेलनमा एसियाका टेस्ट क्रिकेट खेल्ने तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिहरूका साथै अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् ।

यस सम्मेलनको आयोजना नेपाली क्रिकेटका लागि एक महत्वपूर्ण उपलब्धि हुने क्यानले सामाजिक सञ्जालमार्फत जनाएको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति थप मजबुत बनाउनुका साथै खेलकुद पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सम्मेलनमा सहभागी प्रतिनिधिहरूले एनपीएलको फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन् ।

प्रकाशित : ३० आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६