ब्रेकिंग न्युज

विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट



सुदूरपश्चिम, १४ कात्तिक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले राज्य सञ्चालन र विकासको विद्यमान कार्य संस्कृतिमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि परिणाममुखी कार्ययोजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण परिषद्को ११औँ बैठकलाई आज धनगढीमा सम्बोधन गर्दै उहाँले नवीनतम सोच, नवप्रवर्तन र रूपान्तरणकारी योजनामार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिने र यसमा लाग्नुको विकल्प नरहेको बताउनुभयो । मुख्यमन्त्री भट्टले विकासका लागि योजना निर्माणमा मात्रै सीमित नभई त्यसको प्रभावकारी कार्यान्वयन र उपलब्धिको मूल्याङ्कनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । त्यसका लागि तथ्यमा आधारित, परिणाममुखी र उपलब्धिमूलक अनुसन्धान आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री भट्टले नवीन सोच र अनुसन्धानमा आधारित योजनाले विकासका प्राथमिकता पहिचान गर्न तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशको समृद्धि र रूपान्तरणका लागि अनुसन्धान, प्रशिक्षण तथा योजनाको कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । —

प्रकाशित : १५ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६