अर्थ-वाणिज्य

१७औँ कपिलवस्तु महोत्सव सफल बनाउन वित्तीय संस्थाका प्रमुखहरु संग उद्योग वाणिज्य संघको छलफल



कपिलवस्तु ४ मंसिर । १७औँ कपिलवस्तु महोत्सव सफल बनाउन वित्तीय संस्थाका प्रमुखहरु संग उद्योग वाणिज्य संघको छलफल सम्पन्न भएको छ । १७औँ कपिलवस्तु महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सफल बनाउन आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघले सरोकारवाला पक्षसँगको छलफल तथा अन्तरक्रियालाई तीव्रता दिएको छ।महोत्सव नजिकिँदै जाँदा संघले तयारीलाई थप प्रभावकारी बनाउन विभिन्न क्षेत्रका प्रतिनिधि, संघका पूर्व पदाधिकारी तथा सम्बन्धित उपसमितिका सदस्यहरूसँग छलफल अघि बढाएको हो। यसैक्रममा संघले बिहीबार एकै दिन वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्व पदाधिकारी र क्षेत्रगत उपसमितिका सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरेको छ। छलफलमा महोत्सवको व्यवस्थापन, आर्थिक पक्ष, प्रचारप्रसार, सहकार्य तथा विभिन्न उपसमितिले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विचारविमर्श गरिएको थियो।छलफलमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्व अध्यक्ष विष्णु न्यौपाने, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, उपाध्यक्ष नारायण पौडेल र महासचिव नवदत्त घिमिरेलगायतको सहभागिता रहेको थियो।छलफलका क्रममा महोत्सवलाई जिल्लाकै महत्वपूर्ण आर्थिक, व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय उत्सवका रूपमा स्थापित गर्न सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको थियो। महोत्सवको सफलताका लागि निजी क्षेत्र, वित्तीय संस्था, व्यवसायी, सामाजिक संघसंस्था तथा स्थानीय समुदायको सक्रिय सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।संघले महोत्सवलाई केवल मनोरञ्जन र व्यापारिक गतिविधिमा सीमित नराखी जिल्लाको आर्थिक, औद्योगिक, कृषि, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि बढाउने लक्ष्य लिएको छ।१७औँ कपिलवस्तु महोत्सव यही मंसिर १७ गतेदेखि २९ गतेसम्म बाणगंगा नगरपालिका–४ स्थित बुद्ध रङ्गशालामा आयोजना हुँदैछ। महोत्सवमार्फत स्थानीय उत्पादनको बजारीकरण, व्यापारिक गतिविधिको विस्तार, कृषि तथा पर्यटन क्षेत्रको प्रवर्द्धन र जिल्लाको पहिचानलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित : ४ मंसिर २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६