खेलकुद

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि



झापा, ५ मङ्सिर

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता यही मङ्सिर ५ गतेदेखि शिवसताक्षीस्थित दुधे रंगशालामा हुने छ । रंगशालामा सात हजार दर्शकले एकैपटक प्रतियोगिता हेर्न सकिने गरी अस्थायी प्याराफिट जडान गरिएको छ । गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले उद्घाटन खेलमा आयोजकको झापा ११ फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच बताउनुभयो । प्रतियोगिताको विजेताले नगद रु ११ लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद रु पाँच लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि रु ९० हजार र उपविजेताको रु ५० हजारले वृद्धि गरिएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद १५ हजार र ट्रफी पाउनेछ ।

प्रकाशित : ६ मंसिर २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६