देश

मुख्यमन्त्री थापाद्वारा पनौती नगर अस्पतालको निरीक्षण



काभ्रेपलाञ्चोक, ५ मङ्सिर

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोकको पनौतीस्थित नगर अस्पतालको शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले अस्पतालको वर्तमान अवस्था, स्वास्थ्य सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपलब्ध स्वास्थ्य सुविधाबारे जानकारी लिनुभएको थियो । उहाँले नागरिकलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा आवश्यक सुधार, सेवा विस्तार तथा व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने विषयमा स्थानीय जनप्रतिनिधि तथा अस्पतालका अधिकारीसँग छलफल गर्नुभएको थियो । सो क्रममा उहाँले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल र व्यवस्थापन सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । निरीक्षणका क्रममा मुख्यमन्त्री थापालाई अस्पताल ब्यवस्थापन समितिका संयोजक रहनुभएका नगरप्रमुख रामशरण भण्डारीले अस्पातलको निर्माण, ब्यवस्थापकीय अवस्था तथा सेवाबारे जानकारी गराउनुभएको थियो । गत वैशाख पहिलो सातादेखि सञ्चालनमा ल्याइएको अस्पतालमा ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेशिनका सुविधा प्रदान गर्दै आइएको छ । बाग्म्ती प्रदेश सरकारले गत आर्थिक वर्षमा उपलब्ध गराएको रु ४० लाखबाट अस्पताल सञ्चालनार्थ उपकरण खरीद गरिएको थियो । –––

प्रकाशित : ६ मंसिर २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६