ब्रेकिंग न्युज

सिद्धार्थ क्याम्पसद्वारा ‘नेपाल प्रथम’ भएको दाबीविएड प्रथम वर्षमा देशकै सर्वोत्कृष्ट नतिजा हाँसिल



कपिलवस्तु ७ मंसिर

त्रिभुवन विश्वविद्यालयले स्नातक तह शिक्षा संकायअन्तर्गत बिएड प्रथम वर्ष २०८३ को नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजाअनुसार सिद्धार्थ क्याम्पस, वाणगंगामा अध्ययनरत कुश्मा विक ७२ प्रतिशत प्राप्ताङ्कसहित नेपाल प्रथम हुन सफल भएको क्याम्पस प्रमुख बेदराम अर्यालले बताउनु भएको छ । उहाँले परीक्षा नियन्त्रण कार्यलय बल्खुले दिएको जानकारी उधृत गर्दै उक्त दावी गर्नुभएको हो । त्यसैगरी, सोही क्याम्पसकी शिल्पा अर्याल ६९ प्रतिशत प्राप्ताङ्कसहित नेपाल दशौँ स्थान हासिल गर्न सफल भएकी छन् भने अरुणा खनालले ६५.५५ प्रतिशत र करिस्मा नेपालीले ६२.३५ प्रतिशत प्राप्ताङ्क हासिल गर्दै उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन्।

क्याम्पसका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेपछि सिद्धार्थ क्याम्पसले खुसी व्यक्त गर्दै नेपाल प्रथम, दशौँ स्थान हासिल गर्न सफल विद्यार्थी तथा उत्कृष्ट अङ्कसहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । क्याम्पसका प्राचार्य बेदराम अर्यालले विद्यार्थीको सफलता नै शिक्षकका लागि सबैभन्दा ठूलो खुसी र सन्तुष्टि भएको बताए। उनले यो सफलता निरन्तर मेहनत, अनुशासन, लगनशीलता र दृढ सङ्कल्पको परिणाम भएको उल्लेख गरे।यस उपलब्धिले सिद्धार्थ क्याम्पस मात्र नभई समग्र कपिलवस्तुको शिर उच्च बनाएको छ । विगतका वर्षहरूमा पनि सिद्धार्थ क्याम्पसले सर्वोत्कृष्ट अङ्कसहित नेपाल प्रथम हुने सफलता हासिल गर्दै आएको थियो।आगामी दिनमा पनि यस्तै उत्कृष्ट सफलता हासिल गर्दै शिक्षाको क्षेत्रमा थप प्रगति गर्न क्याम्पस सञ्चालक समितिले शुभकामना व्यक्त गरेको छ । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक

प्रकाशित : ९ मंसिर २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६