खेलकुद

एनपीएलको प्लेअफ समीकरण पूरा विराटनगर बाहिरियो, चार टोलीको टुङ्गो



काठमाडौं ११ मंसिर

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लागेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित हुँदै विराटनगर किंग्स प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ। विराटनगरले प्रस्तुत गरेको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। लुम्बिनीको जितका लागि ओपनरद्वय डार्सी सर्ट र आसिफ शेखले समान ४५–४५ रनको महत्वपूर्ण योगदान दिए। यसैगरी अली शेखले २७ र सन्दीप जोराले नटआउट २५ रन बनाए भने अन्त्यमा रुवेन ट्रम्पलमानले छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरेका थिए। बलिङतर्फ विराटनगरका अपराजित पौडेलले दुई तथा चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रनको योगफल तयार पारेको थियो। विराटनगरका लागि चरिथ असलंकाले ४३ बलमा ६ छक्का र १ चौकाको मद्दतले ६४ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। साथै, शुभम रन्जानेले अविजित ३१, इमरान शेखले २४ र लोकेश बमले १५ रन जोडे। बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई तथा अभिषेक गौतम र रुवेन ट्रम्पलमानले एक–एक विकेट लिए।

यस खेलको नतिसँगै एनपीएलको तेस्रो संस्करणमा प्लेअफ खेल्ने चार टोलीहरूको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन् भने पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्सको यात्रा समूह चरणबाटै समाप्त भएको छ।

प्रकाशित : १२ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६