ब्रेकिंग न्युज

पिपरा अस्पतालको सञ्चालन अनुभवबारे गैँडाकोटको स्वास्थ्य टोलीसँग छलफल



बाणगंगा, १२ मंसिर

स्थानीय तहबाट सञ्चालित अस्पतालको प्रभावकारी व्यवस्थापन, सेवा प्रवाह र सञ्चालनका चुनौतीबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले बाणगंगा नगरपालिका स्थित पिपरा अस्पतालमा गैँडाकोट नगरपालिकाको स्वास्थ्य शाखा तथा गैँडाकोट अस्पतालको टोलीसँग छलफल गरिएको छ।
बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख टीआर पौडेलका अनुसार भ्रमणका क्रममा स्थानीय तहबाट सञ्चालित अस्पतालको महत्त्व, वर्तमान अवस्था, सञ्चालनको मोडालिटी, स्वास्थ्य सेवा व्यवस्थापन र देखिएका चुनौतीका विषयमा अनुभव तथा विचार आदानप्रदान भएको हो।

छलफलमा स्थानीय सरकारको प्रत्यक्ष लगानी र व्यवस्थापनमा सञ्चालित अस्पतालले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन खेलेको भूमिकाबारे समेत चर्चा गरिएको थियो।

स्थानीय तहबीचको यस्तो अध्ययन तथा अनुभव आदानप्रदानले अस्पताल सञ्चालनका असल अभ्यास पहिचान गर्न, व्यवस्थापकीय कमजोरी सुधार्न र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पिपरा अस्पतालले अवलोकन तथा छलफलका लागि आएको गैँडाकोट नगरपालिकाको स्वास्थ्य शाखा र अस्पतालको टोलीलाई स्वागत गर्दै प्राप्त सुझाव र अनुभवलाई अस्पतालको सेवा सुधारमा उपयोगी हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : १३ मंसिर २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६