ब्रेकिंग न्युज

शिक्षा क्षेत्रमा योगदान पु¥याउने ५४ विद्यालय सहित साझेदार संस्था सम्मानित



शिवराज, कपिलवस्तु १२

शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रदेश स्तरबाट सम्मानित भएपछि शिवराज नगरपालिकाले शैक्षिक विकासमा योगदान पु¥याउने विद्यालय तथा साझेदार संस्थाहरूलाई सम्मान गरेको छ।
शिक्षा क्षेत्रमा गरेको कार्य सम्पादनका आधारमा नगरपालिका ‘बेस्ट पालिका इन द इयर २०८३’ बाट सम्मानित भएको हो। उक्त सम्मानबाट प्राप्त उपलब्धिको श्रेय शिक्षा क्षेत्रको सुधार र विकासमा सहकार्य गर्दै आएका विद्यालय तथा साझेदार संस्थालाई दिँदै नगरपालिकाले उनीहरूलाई प्रमाण पत्रसहित सम्मान गरेको हो।

नगरपालिकाले ५४ वटा विद्यालयका साथै शिक्षा क्षेत्रमा सहकार्य गर्दै आएका किडार्क, सिद्धार्थ सामाजिक विकास केन्द्र, जाइका नेपाल, रुम टु रिड, पिस नेपाल, कालिका स्वावलम्बन सामाजिक विकास केन्द्र र युनिसेफलाई सम्मान गरेको जनाएको छ।
नगरप्रमुख थापाले शैक्षिक गुणस्तर सुधार, विद्यालयको संस्थागत विकास र बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धिमा विद्यालय तथा साझेदार संस्थाको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

शिक्षा क्षेत्रको उपलब्धि कुनै एक संस्था वा निकायको प्रयासबाट मात्र सम्भव नहुने भएकाले स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक र विकास साझेदारबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने सन्देश यस सम्मानले दिएको छ। साथै, प्राप्त उपलब्धिलाई आगामी दिनमा अझ गुणस्तरीय र परिणाममुखी शिक्षामा रूपान्तरण गर्नु नगरपालिकाको मुख्य चुनौती र जिम्मेवारी समेत बनेको स्थानिय शिक्षा क्षेत्रका जानकारहरुको भनाई रहेको छ।

प्रकाशित : १३ मंसिर २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६