ब्रेकिंग न्युज

मोरङमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु



विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३४ प ७२५१ नम्बरको स्कुटरले ठक्कर दिँदा सुन्दरहरैँचा–१० का ३८ वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो।पैदल हिँडिरहेका गुरुङलाई बिहीबार साँझ ६:२५ बजेतिर स्कुटरले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान ४:२५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।उनका अनुसार दुर्घटनामा स्कुटर चालक ३५ वर्षीय ललित उराव सामान्य घाइते भएका छन्। उरावको पनि नोबेलमै उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट स्कुटर चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको खुलेको छ। स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६