खोज–अनुसन्धान

चितवन निकुञ्ज भित्र २ गैडा मृत फेला




पूर्वी नवलपरासी ७ माघ। चितवन निकुन्जको पश्चिम सेक्टरमा शुक्रबार दुईवटा गैंडा सिकारीले मारेको देखिएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ सेहरी नजिकै नारायणी नदीको भंगालोमा दुईवटा गैंडा मारेको अवस्थामा भेटिएको जिल्ला प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार गैंडा मारिएको स्थानमा विद्युतीय तारसमेत फेला परेकाले करेन्ट लगाएर मारिएको अनुमान गरिएको छ ।एउटा गैंडाको खागसमेत चोरी भएका कारण चोरी सिकारी समूहले गैंडा मारेको हुनसक्ने प्रहरी र स्थानीयहरूको भनाइ छ ।मरेकामध्ये माउ गैंडाको बहुमुल्य खाग चोरी भएको छ भने सानो गैंडाको खाग सुरक्षित छ । घटनाका बारेमा चितवन निकुन्जले अनुसन्धान सुरु गरेको जनाएको छ ।राष्ट्रिय निकुन्ज क्षेत्र आसपासमा यसअघि पनि बहुमुल्य खाग तस्करीका लागि सिकारी समूहले गैंडा मार्ने गरेका थिए ।
चितवनको माडी क्षेत्रमा गत वर्ष साउन ११ गते एउटा गैंडा मारेर खाग चोरी भएको थियो । चितवन निकुन्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार शुक्रबार मारिएको माउपोथी र सानो गैंडा भाले हो ।तिवारीका अनुसार माउ गैंडा अन्दाजी १४ वर्षको र बच्चा ४ वर्षको रहेको अनुमान छ । नेपालभर ७ सय ५२ गैंडा रहेकोमा चितवन निकुन्जमा मात्रै हाल ६ सय ९४ गैंडा छन् ।

प्रकाशित : ७ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६