खेलकुद

सुदूरपश्चिमले जित्यो प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपाधि



काठमाडौं, ०७ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । सुदूरपश्चिमले शनिबार सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराएको हो ।

इटहरीको जनता मावि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले इनिङ्सको १ बल अगावै पूरा गरेको हो । सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो । प्रदेश १ कि कप्तान रुविना क्षेत्रीलाई अन्तिम ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरेपछि सुदूरपश्चिमले जितेको हो ।

सुरुवात राम्रो गनै नसकेको सुदूरपश्चिमको इनिङ्स मध्यक्रमका सम्झना खड्का र डली भट्टले संहालेका थिए । सम्झनाले ३३ बलमा २ चौकासहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा १ चौका र २ छक्कासहित विष्फोटक २२ रनको योगदान गरिन् । कविता १९ रनमा अविजित रहिन् । बलिङमा सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र संगीता राईले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५ विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो । ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुवाती साझेदारी गरेका थिए । रुविना १४ रन बनाएर आउट भएपछि आएकी अप्सरी बेगमसँग मिलेर काजलले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरिन । अप्सरी १५ रन बनाएर आउछ भइा् ।

त्यसपछिका ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । काजल ४८ रनमा अविजित रहिन् । उनले ६३ बल खेलेर ८ चौका प्रहार गरिन् । प्रदेश १ ले १५ अतिरिक्त रन पाएको थियो ।

बलिङमा सुदूरपश्चिमकी मनिषा चौधरीले २ विकेट लिइन् । श्रतु कनोजियाले १ विकेट लिइन् । प्रदेश १ का दुई ब्याटर रनआउट भएका थिए ।

पुस २९ देखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफको सहभागिता थियो । सुदूरपश्चिमले अपराजित रहँदै प्रतयिोगिता जितेको हो । सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११४ रनले पराजित गरेको थियो ।सुदूरपश्चिमकी कविता कुँवर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनिन् ।

प्रकाशित : ७ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६