अन्तर्राष्ट्रिय

भारतको गणतन्त्र दिवसमा कपिलवस्तुमा साधुसन्तलाई कम्मल




कपिलवस्तु १२ माघ ।कपिलवस्तुका युवा सामाजिक अभियन्ता राजेश ज्ञवालीले बसन्त पंचमी सरस्वती पुजा तथा भारतको ७४ औ गणतन्त्र दिवस पारेर साधु सन्तहरुलाई कम्मल बितरण गरेका छन । २५ साधु सन्त गरीब तथा विपन्न परिवारलाई तौलेश्वरनाथ मन्दिर परिसरमा कम्बल विवरण गरिएको हो ।
सहयोगापेक्षी, बिपन्न एवं गरीव परिवारलाई जाडोको न्यानो कम्बल वितरण गरिएको हो । केही दिन अघि मधेश मानवअधिकार गृह (माहुरी होम)को १५ औ साधारण सभामा नगद सहित पुरस्कृत भएका ज्ञवालीले आफुले पाएकोे पुरस्कार राशीबाट सो कम्मल बाडेका हुन । उनले चिसोको कारण कोहि पनि न्यानो कपडाको अभावमा कठयाङ्रीएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ अहिले न्यानो कपडा उपलब्ध गराएको बताए ।
कार्यक्रममा साझा प्रयास अभियानका संयोजक रवि ठाकुर ,नेपाली काँग्रेस पार्टीका कपिलवस्तु नगरपालिकाका नगर अध्यक्ष खुुर्सेद अहमद खाँ,नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य,समाजसेवी मुख्तार अहमद खाँ,सविता श्रेष्ठ,डा.सतीश उपाध्याय, तौलेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्तिथिमा कम्बल विवरण गरिएको थियो ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६