अर्थ-वाणिज्य

लुम्विनी प्रदेश सरकारले माघ २५ पछि मात्र पूर्णता पाउने : सत्ता समीकरणमा ५५ सांसदको साथ




कपिलवस्तु १९ माघ ।लुम्विनी प्रदेश सरकारले पूर्णता पाउन कम्तीमा माघ २५ सम्म कुर्नु पर्ने भएकोछ । उक्त मितिमा लुम्विनी प्रदेशवाट राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने भएकाले सो निर्वाचन सम्पन्न गरेपछि मात्र सरकार विस्तारगर्ने मनसाय मुख्यमन्त्री लिला गिरीले ब्यक्त गरेको उच्च श्रोतको दाविछ । त्यसोत संघीय सरकार निर्माणमा भएको पछिल्लो सहमति अनुसार एमाले–माओवादी समीकरणको सरकार बनाउन लुम्बिनी प्रदेशमा पनि सहज हुने भएको छ ।

कुल ८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन कम्तीमा ४४ सांसद आवश्यक पर्छन् ।लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । उसका २९ सांसद छन् भने दोस्रो ठुलो दल नेपाली कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३ राप्रपा ४ नागरिक उन्मुक्ति ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना छन्।यसरी साना दलले पनि समर्थन गर्ने भएपछि एमाले–माओवादी समीकरणको सरकार बन्दा कम्तीमा ५२ सांसद पुग्नेछन् । यसरी एमाले माओवादी समीकरण बन्दा सहजै नयाँ सरकार बन्ने भएको छ ।

स्वतन्त्र पार्टीबाट विजयी भएका ३ जना पनि माओवादी केन्द्रबाट विद्रोह गरेर जितेका सांसद हुन् । यी ३ जनाले पनि सरकारलाई समर्थन गरेमा एमाले माओवादी समीकरणको नयाँ सरकारमा ५५ जना सांसद पुग्नेछन् । लुम्बिनी प्रदेशमा कांग्रसले भने सरकार बनाउन कठिन छ । उसले एमाले र माओवादीबाहेकका सबै साना दलको साथ लिनुपर्नेछ । तर साना दलले पनि एमाले माओवादी समीकरणलाई नै साथ दिनेभएपछि कांग्रेस संकटमा पर्ने भएको छ ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६