खोज–अनुसन्धान

आफ्नै कार्यकालमा लुम्विनी प्रदेशलाई मिनि नेपाल बनाउने मुख्यमन्त्रीको घोषणा




दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नै कार्यकालमा लुम्विनी प्रदेशलाई मिनि नेपाल बनाउने घोषणा गरेकाछन् । उनले संघीयताको मर्म अनुसार काम गर्ने समेत स्पष्ट पारेका छन् । शनिबार लुम्बिनी प्रदेश सभाको छैटौँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने , ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ । नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउन तर्फ प्रदेश सरकार लागि पर्ने छ । संघीयताको गलत व्याख्या र प्रचार भइरहेको भन्दै उनले संघीयताको विकल्प खोज्नु परिवर्तन विरोधी कार्य भएको बताए ।‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन् । संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयता माथि प्रहार गर्ने र गलत प्रचार गर्ने क्रम बढेको छ’, उनले भने , ‘संघीयता विरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हित विपरीतको कार्य हो । यसतर्फ सबै सचेत हुनुपर्दछ ।’ संघीयताले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै उनले गाउँगाउँसम्म र घरघरसम्म विकास र समृद्धि पुर्‍याएको बताए ।
‘संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ ।

तीनवटै सरकारले जनतालाई अधिकार सम्पन्न बनाउने काम गरेका छन्’, उनले भने , ‘संघीयताले केही गरेन भन्नेहरुले बुझ्नुपर्ने मुख्य सवाल भनेकै जनताका घरघरसम्म संघीयताले सुविधा पुर्‍याएको छ । जनतालाई अधिकार सम्पन्न बनाएको छ ।’लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको भन्दै उनले आगामी पाँच वर्षभित्र प्रदेश बासीलाई समृद्ध राजधानी हस्तान्तरण गर्ने बताए । लुम्बिनीलाई समृद्ध बनाउने धेरै सम्भावना भएको बताउँदै उनले भने , ‘हामीसँग धेरै सम्भावनाहरू छन् । चुनौति पनि त्यत्तिकै छन् । चुनौतीका बीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ र समृद्ध प्रदेश निर्माण गर्नेछ ।’
समृद्ध लुम्बिनीको दायित्व प्रदेश सभा र प्रदेश सरकारको काँधमा रहेको भन्दै उनले आपसी सहयोग र समझदारीमा जन आकांक्षा पुरा गर्नतर्फ लाग्नुपर्ने बताए ।पूर्वाधार र कानुनको अभावमा कार्य सञ्चालन थालेको प्रदेश सरकारले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको बताए । ‘बितेका पाँच वर्ष संविधान कार्यान्वयनका लागि उपयुक्त रहे । भौतिक पूर्वाधार र कानुनको अभावमा प्रदेश सभाले ७२ वटा कानुन निर्माण गरेको छ । ८४ वटा विधेयक बनेका छन्’, उनले भने , ‘आगामी दिनमा पनि यो गतिलाई निरन्तर रूपमा अगाडि बढाउनु पर्दछ ।’

प्रकाशित : २२ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६