अर्थ-वाणिज्य

अख्तियारमा कपिलवस्तु यशोधरा पालिकाको उजुरी धेरै



तौलिहवा २३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कपिलवस्तु जिल्लाका १० स्थानीय तहमध्ये धेरै उजुरी पर्ने स्थानीय तह यशोधरा गाउँपालिका रहेको छ। सबैभन्दा कम उजुरी पर्ने स्थानीय तहमा शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिका छन् । गत आर्थिक वर्ष र यो आर्थिक वर्षको पुस मसान्तसम्म उजुरीका आधारमा यशोधरा गाउँपालिकाको १२ उजुरी र शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिकाको एक÷एकवटा मात्र उजुरी परेको आयोगको कार्यालय बुटवले जनाएको छ। जस मध्ये यशोधराका १० अघिल्लो वर्षका हुन् भने २ वटा यस वर्षको ६ महिनामा परेका हुन् ।
शुद्धोधनमा आयोजित भष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहसँगको अन्तत्र्रिmया कार्यक्रममा आयोगले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। त्यस्तै दोस्रोमा कृष्णनगर नगरपालिकाको ११ वटा उजुरी परेको छ। महाराजगञ्ज नगर पालिकाको आठ, विजयनगर गाउँपालिकाको सात, वाणगगा नगरपालिकाको छवटा उजुरी परेको छ। बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकाको पाँच÷पाँचवटा उजुरी परेको छ। शिवराज नगरपालिकाको दुईवटा उजुरी परेको छ। स्थानीय तहमा विकास निर्माण, शिक्षा, स्वास्थ्यजस्ता काममा धेरै उजुरी पर्ने गरेको आयोगका सिनियर डिभिजनल अधिकृत जयराम श्रेष्ठले बताउनुभयो।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६