खेलकुद

चलचित्रको झल्को दिदै ४ यूवामाथि लुटपाट




दाङ २३ माघ । तुलसीपुरमा चार जना युवकमाथि लुटपाट भएको छ । चार जना युवाले गत माघ १७ गते दिउँसोतिर सल्यान र रोल्पाका चार जना युवकलाई तुलसीपुर–७ गणेशपुर नजिकको जंगलमा लगेर लुटपाट गरेका हुन् ।सल्यानको बागचौर नगरपालिका वडा नम्बर ३ का मेघराज घर्ती, रोल्पाको गंगादेव गाउँपालिका–३ का अनिल मगर, गोविन्द डाँगी र डिसेम्बर डाँगीमाथि लुटपाट भएको हो ।कोरियन भाषा पढ्न आएका चारै जनालाई तुलसीपुरको गणेशपुर पार्क नजिकैको जंगलमा लगेर लुटपाट गरिएको हो । लुटेराले उनीहरुको साथबाट चार थान स्मार्ट मोबाईल र नगद ७ हजार लुटेको छ ।पिडित चारै जनाले माघ १८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका छन् । लुटपाटमा संलग्न दोषिको पहिचान अझै भइनसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६