वुटवल १० मंसिर ।बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको सर्भिस लेनको डिजाईन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले सडक विभागलाई आग्रह गरेको छ ।चौराहादेखि गोलपार्कसम्मको सडक डिजाईनमा स्थानीय व्यवसाय प्रवद्र्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने आवश्यकता ठहर गरी उपमहानगरपालिकाले सडकको सर्भिस लेनको डिजाईनमा हेरफेर गर्न आग्रह गरेको हो ।बुटवल उपमहानगर पालिकामा आइतबार बसेको…