वाँके २७ माघ। बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको छ। कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएका हरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरिरहेको बाँके प्रहरीले जनाएको छ।सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेको भन्दै उनीहरुले तोडफोड र आगजनी गरेका हुन्। बाल सुधार गृहमा हतियार सहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा आउन नसकेको बाँके…